घिरिङ्गकाे पुट्टारमा ३९० घण्टे सीपमुलक तालिम सम्पन्न

दानस मल्ल   १८ जेष्ठ २०७९, बुधबार १५:५९

पाल्पा । कालीगण्डकी बहुप्राबिधिक शिक्षालय घिरिङ्ग १ पुट्टार तनहुँद्वारा आयोजित ३९० घण्टाको विभिन्न सीप मुलक तालिम सम्पन्न भएको छ।पाल्पा र तनहुँका गरी जम्मा ६० जना सहभागी भएको सिलाई कटाई, सेक्युरिटी गार्ड र मोटरसाइकल मर्मत तालिममा सहभागी प्रशिक्षार्थी हरुलाई तालिम समापनको अबसरमा आयोजित कार्यक्रममा तालिम को प्रमाणपत्र प्रदान गरिएको छ।

कालिगण्डकी बहुप्राबिधिक शिक्षालयका प्रमुख भुमहेश्वर रन्जितकार को अध्यक्षता मा भएको कार्यक्रमको मुख्य पाहुना घिरिङ्ग गाउँ पालिकाका अध्यक्ष होम बहादुर थापा रहनु भएको हो।कार्यक्रममा प्रमाणपत्र बितरण गर्नुहुदै थापालेूकुनै पनि सीप भएको मान्छे भोको बस्नु पर्दैन।त्यसैले जुन सुकै मान्छे ले पनि कुनै न कुनै सीप सिकेर आत्म निर्भर बन्न आवश्यक छ।जसको लागि प्राबिधिक शिक्षा लिइ ब्यबसायिक बन्नु जरुरी छ।

कुनै पनि सीप सिकेर व्यावसायिक बन्न चाहने ब्यक्तिलाई गाउँ पालिकाले सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो।कार्यक्रममा गाउपालिका उपाध्यक्ष राधा देबि अधिकारी ,वाड नम्बर १ का अध्यक्ष रबि चन्द्र घोरासिनी, सन्चारकर्मी दानस मल्ल, समाजसेवी बिष्णु ढकाल, इन्द्र थापा, रामजी अर्याल लगायतले तालिममा सिकेका सिपलाई व्यबहारमा उतार्न जोड दिनु भयो।

शिक्षालयका प्रशासन प्रमुख सङ्गिता बडु को स्वागतबाट शुरु भएको कार्यक्रम को सन्चालन प्रशिक्षक रमेश क्षेत्री ले गर्नु भएको हो।