रम्भा कांग्रेशका सभापती फाल एमाले प्रवेश 

  २० जेष्ठ २०७९, शुक्रबार १७:४०

नेपाली कांग्रेश रम्भा गाउँपालिका सभापती अशोक फाल नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

नेपाली जनताको पार्टी एमालेनै रहेकोले जनताको सेवा एमाले पाटी संगठनवाट मात्र सम्भव रहेकोले एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो । सुरुमा राजनीतिक यात्र नेकपा एमालेलेवाटै गर्नुभएका फालले २०५३ सालमा विविध कारणले माओवादीमा प्रवेश गर्नुपरेको र पछि कांग्रेशमा रहेर पाटीको हितमा क्रियाशिल रहेको बताउनुभयो ।

उहाँले आफुलाइ भन्दा नयाँ पुस्ताको आर्थिक सम्वृद्धि र कार्यक्रकर्ता को व्यवस्थापनमा पाटी नलाग्ने अनि गुटउपगुटका वहानामा गरेको विभेदका कारण कांग्रेश छाड्नु परेको बताउनुभयो ।

उहाँले कांग्रहमा रहेका केहि नेताको दम्भको राजनीतिले पुरानै घरमा फर्कन पाउदाँ आफुलाई खुसीलागेको बताउनुभयो । उहाँले जनताको जनभावना अनुसार काम अगाडि बढाउने समेत रम्भावासीलाई प्रतिवद्धता व्यक्त गर्नुभयो ।