होम राई मगर
निस्दि६,अर्चले,पाल्पाले प्रत्येक घरपरिवारलाई धारा सहितको ड्रम वितरण गरेको छ ।
निस्दी गाउँपालिका पाल्पाको ४ लाख ६० हजार रुपैयाँको आर्थिक सहयोगमा ४ सय ६० घरपरिवार, विद्यालय र स्वास्थ्य चौकीलाई ड्रम सहितको धारा वितरण गरिएको हो । वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सहयोग पुग्ने उद्देश्यले धारा सहितको एक सय लिटरको ड्रम वितरण गरिएको वडाध्यक्ष मेख बहादुर सुनारी बताउनुभयो । कार्यक्रममा बेस नेपाल सुहाराका सामाजिक कार्यकर्ता दान बहादुर रजालीले स्वास्थ्य नै धन भएको बताउदै वितरण गरिएको सामाग्री सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।
वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको सन्चालन वडा सचीव मीन बहादुर रानाले गर्नुभएको हो ।
ड्रम पाउदा स्थानीय भने खुशीले गद्गद भएको बताउछन । र भन्छन स्थानीय सरकारको अनुभुती भैरहेको छ ।