निस्दीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनबहादुर ठाडा   २१ जेष्ठ २०७९, शनिबार ०८:३३

पाल्पा । निस्दी गाउँपालिकाे गल्धामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा शिविर भएको हो । जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको २ दिने शिविरमा २ सय ७२ जनाले सेवा लिएका छन ।

शिविरबाट १ जना कुष्ठ रोगी र १० जनामा शंकास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । त्यसैगरी ३ जनामा भिआईए पोजेटिभ, २ जनामा सर्भाइकल पोलिप र १ जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ । शिविरबाट ४ जना महिलाको पाठेघर खस्ने समस्या देखिएको छ ।

शिविरबाट २ जनाले रिङ प्रेसरी, १ जनाले सिस्टोसिल र २ जनाले इम्प्लान्ट सेवा राखेको संयोजक दिशाले बताउनुभएको छ । शिविर जेठ १९ र २० गते दुई दिन चालेको हो । स्वास्थ्य कार्यालय पाल्पाका डाक्टर राजेन्द्र गिरीको अध्यक्षतामा चालेको शिविरमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले धन्यवाद प्रकट गर्नुभएको छ ।