
पाल्पा । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ।
बौदिकाली गाउँपालिका वार्ड न ४ नवलपुर मृतक खुम बहादुर आले मगरको बिमा बापतको रकम श्रीमती तेसरा सिँजाली मगरलाइ २ लाख ९ हजार ६ सयको चेक उहाकै घरमा गएर हस्तान्तरण गरेको हो। मृतक आलेले वि. स. २०७६ जेष्ठ ३१ गते एक लाख बराबरको सुर्या सावधिक जीवन बिमा पोलिसी खरिद गर्नु भएको थियो । मृतक आलेले किस्ता बापत जम्मा १४ हजार ९ सय रुपैयाँ जम्मा गर्नुभएको थियो। आलेको बौदिखोलामा खोलाले बगेर मृत्यु भएको थियो। कार्यक्रम सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख बिष्णु लम्सालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि बौदिकाली गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी सारु को उपस्थितिमा भएको हो त्यसैगरी नगरडाँडा माध्यामिक बिध्यालका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुब्ब सिंजाली, सहयक प्रअ गोबिन्द अधिकारी सुर्यालाइफ इन्स्योरेन्स कम्पनि रामपुरका अन्डरराइटिङ्ग प्रमुख खर्ग सि सोमै,एजेन्सी म्यानेजर सन्जित सिंजाली लगाएतको उपस्थितमा भएको थियो भने कार्यक्रममा शाखा प्रमुख बिष्णु लम्साल र गाउँपालिका उपाध्यक्षले बिमाको महत्त्व र आवश्यकताको बारेमा जानकारी गराउनु भयो। उक्त कार्यक्रम एजेन्सी म्यनेजर रबि दर्लामी को सन्चालनमा सम्पन्न भएको हो।