१६औं जातिय उन्मुलन दिवसमा नबनिर्वाचित दलित महिला सदस्य सम्मान कार्यक्रम

  २२ जेष्ठ २०७९, आईतवार २०:४५

नेपाल उत्पीडित जातिय मुक्ति समाज रामपुर नगर कमिटीले १६ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम र उपबिजेता दलित महिला सदस्य हरुलाई प्रोत्साहन गर्ने कार्यक्रम गरेको छ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीका अध्यक्ष डिल बहादुर कौशीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो।

सदियौ देखि उत्पीडनमा परेका दलित समुदायको हक अधिकारका लागि विभिन्न समयमा आन्दोलन गर्दै आएतापनी दलित समुदाय लक्षित हकमा छुवाछूत मुक्त रास्ट्र घोषणा गरेर कागजमै सिमित भएका कारण दिनानुदिन दलित समुदाय माथी घटनाहरू घटिरहेको छ, राज्यको हरेक तहमा दलित समुदायका पिडा , समस्या अनि परेका उत्पीडिन लाई सम्बोधन गरि समाधानका लागि पहल गरे दलित भएकै नाउँमा ज्यान समेत गुमाइरहने स्थिती रहने थिएन होला।

समय संगसंगै हरेक परिबर्तन हरु आए तर कथित दलित समुदायले भने यसको आभास समेत गर्न नपाइरहेको अवस्थामा आगामी दिनमा समुदायका लागि निरन्तर संघर्ष गरि मानव सरह जिउन पाउनुपर्ने त्यो समानताको लागि लडिरहनुपर्ने स्थिति अझै जहाको तहि रहेको छ ।आज छुवाछूतमुक्त राष्ट्र घोषणा भएको २५ बर्ष पूरा भयर १६ बर्ष पूरा हुदा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाकाे प्रस्तावनामा मात्रै सिमीत भएको हुदा दलित समुदायले गर्ने अनुभूतिमा परिवर्तन हुन सकेको छैन। अहिले पनि दलितहरुले जातीय छुवाछूत र भेदभाव भोगिरहेका छन।

नेपालमा जातीय छुवाछूत र भेदभाव अन्त्य र न्यायको उपचारका लागि मुलुकी ऐन–२०२० ले नै छुवाछूतलाई दण्डनीय अपराध भनेको पनि करिब ५७वर्ष पुगेको छ। जातीय विभेद तथा छुवाछूतविरुद्धको अभिसिन्ध लगायत मानव अधिकारसम्बन्धी विभिन्न अभिसन्धिहरूको नेपाल पक्ष राष्ट्र बनेको छ। मुलुकी अपराध संहिता–२०७४ र छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ पनि निर्माण गरेको छ।

नेपालको संविधान २०७२ को प्रस्तावनामै जातीय छुवाछूत अन्य गर्ने कुरा उल्लेख गरिएको छ। धारा २४ मा छुवाछूत भेदभावको अन्त्य गरिएको छ। धारा ४० ले दलितका आधारभूत अधिकार प्रत्यायोजन गरेको छ। तर,त्यसको कार्यान्वयन हुन भने अझै सकेको छैन।

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनाल , नेपाल उत्पीडित जातिय मुक्ति समाज प्रदेश कमिटी सदस्य सुन्दर बि क ,नेकपा एमाले प्रदेश कमिटी सदस्य राजु श्रेष्ठ ,नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा रामपुर नगरपालिका वडा न १० का वडा सदस्य टंक खनाल,नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्जु देबि परियार ,नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सह -सचिब संजय नेपाली , नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला काेषाध्यक्ष टीका सुनार , जिल्ला सदस्य लक्ष्मण सुनाम ,जिल्ला सदस्य रामचन्द्र सुनार लगाएतले आ- आफ्ना भनाइ हरु राख्नुभएको थियोे ।

रामपुर नगरपालिका नबनिर्वाचित दलित महिला सदस्यहरु वडा न ३ को खगिसरा बि क , वडा न ८को कमला सुनार ,वडा न १० को सुमित्रा बर्मेलीले दलित समुदायको लागि नगरपालिकाका हरेक गतिविधिमा संलग्न गराउने र आ- आफ्ना वडा हरुमा आफ्ना समुदायको लागि आवस्यक कार्यक्रम ल्याउनका लागि दबाब दिने र समुदायको स्तरोन्नतिका लागि हरदम लागि परि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

रामपुर नगरपालिकाको उपबिजेता दलित महिला सदस्यहरु वडा न १को बिस्णु कुमारी बि क , वडा न ६ को गंगा परियार , वडा न ७ मुना सुनारले स्थानीय तहको निर्वाचनमा केही मतान्तर सहित पराजय ब्यहोर्नुपरे पनि जनताको मतको कदर गर्दै आगामी दिनहरुमा पनि आफ्ना वडा हरुमा आफ्ना समुदायलाई परेका पीडा, समस्या हरु प्रती खटेर लागिपर्ने र उहाँहरुकै सेवामा लागिपरिरहने प्रतिबद्धता मुलक भनाइ राख्नुभएको थियोे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटी सदस्य गोपाल सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नगर कमिटीका सदस्य कुशल नेपालीले गर्नुभएको हो।