
नेकपा एमाले रामपुर नगर कमिटीले नबनिर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई , शुभकामना तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ।
नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनाल , प्रदेश कमिटी सदस्य बुध्दिराज गौतम , प्रदेश कमिटी सदस्य राजु प्रसाद श्रेष्ठ , प्रदेश कमिटी सदस्य मित्रलाल कँडेल ,जिल्ला सचिवालय सदस्य तथा वन वातावरण बिभाग संयोजक कृष्ण प्रसाद श्रेष्ठ ,जिल्ला कमिटी सदस्य तथा रामपुर नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्साल ,जिल्ला कमिटी सदस्य तथा रामपुर नगर सह-इन्चार्ज दुर्गा देबि राना, लिला ब गाहा, लगाएतले भखरै मात्रै सक्किएको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि लाई आ- आफ्नो वडामा हामी जनताको सेवा गर्नका लागि जनताले नै चुनेर वडाको विभिन्न तहको पदमा निर्वाचित भएका हौ र सदैब जनताको मर्म अनि आवस्यकता लाई बुझेर उनिहरुकै समस्या लाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ , हरेक असफलता भित्र नै सफलता लुकेको हुन्छ त्यसैले असफल भैइयो भनेर निराशता होइन कि झनै सशक्त ढंगले लागेर जनप्रिय पार्टी नेकपा एमाले लाई स्थापित गर्न लाग्नुपर्ने जस्ता आफ्ना गहन प्रशिक्षण मुलक भनाइ हरु राख्नुभएको थियोे ।
हामीलाई हाम्रो वडाबासिले देखाउनुभएको माया र गर्नुभएको बिस्वास प्रती हामी सदैब दिनरात उहाँहरुको सेवामा समर्पित हुनेछौ भन्दै रामपुर नगरपालिका वडा न १० का वडाअध्यक्ष तोयानाथ शारु , वडा न ८ का वडाअध्यक्ष दिनेश आचार्य र वडा न ३ का वडाअध्यक्ष दामोदर पाठक ले प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।
नेकपा एमाले रामपुर नगर कमिटी सह- सचिब इस्वरी खनालको स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रमको संचालन नगर कमिटी सचिब कीर्तिनाथ श्रेष्ठले गर्नुभएको थियोे ।