
पाल्प सिलुवामा सुरक्षित गर्भपतन सेवा पुन : सुचारु भएको छ । गर्भपतन कुनै पनी महिलाले आफ्नो ईक्षा विपरीत गर्भ रहन गएको खण्डमा नावालिका बाहेक स्वयम महिलाले आफ्नो ईक्षामा १२ हप्ता सम्मको गर्भपतन गर्न पाउने वयवस्था रहेको छ । विभिन्न असुरक्षित गर्भपतनलाई न्युनिकरण गर्न पूर्वखोला गाउँपालिका सिलुवा शाखाले सुरक्षीत गर्भपतन गर्न सिलुवा स्वास्थ्य चौकीबाट रोकिएको सेवा सुभारम्भ गरेको छ ।
सिलुवामा औषधि द्धारा गरिने १० हप्ता सम्मको गर्भपतन निशुल्क सेवा सहित सुचिकृत भएको छ । सेवा सुभारम्भ कार्याक्रमका मुख्य पाहुना पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले महिला हरुको यो अबसर संगै गर्भपतन गर्नु भन्दा ईक्षाविनाको गर्भ रहन नदिनु नै राम्रो उपाए भएको बताउदै गर्भपतन गर्नु नै परे सुचिकृत स्वास्थ्य संस्था बाटै गर्न अनुरोध गर्नु भएको छ । थापले असुरक्षित तवरले गर्दा महिलाको ज्यानको समेत खतारा हुने भएकाले स्वास्थ्य संस्थाबाट गर्दा गोपनियताको भङ्ग नभै सुरुक्षित रुपमा यो सेवा उपलब्ध भएको बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिक उपाध्याय भागिरथी भट्टराईले महिला हरुले पाउने सेवा सुविधालाई नजिकको स्वास्थ्य संस्था बाट सेवा गर्ने उद्देश्यले सिलुवामा यो सेवा सुभारम्भ गरिएको बताउनु भयो । उपाध्यक्ष भट्टराईले आफ्नो इक्षा विना कसैले गर्भपतन गराउन नसक्ने भन्दै ईक्षा विनाको गर्भ रहेको खण्डमा नावालिक बाहेक ईक्षुक व्यत्तिले १२ हप्ता सम्म्को गर्भपतन गोप्य रुपमा गराउन पाउने बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मन बहादुर सारुले स्वास्थ्य रह्यो भने जीवन रहने बताउदै स्वास्थ्य जस्तो क्षेत्रमा गम्भीर हुन आग्रह गर्दै सुचिकृत स्वास्थ्य संस्था बाट मात्र सेवा लिन अनुरोध गर्नु भएको थियो ।
पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले १८ बर्ष मुनिका बालबालिकाको १२ हप्ता सम्मको वालबालिकाको अभिभाकको उपस्थितमा र अन्य व्यत्तिको हकम १२ हप्ता सम्मको महिला स्वयंम को ईक्षामा गर्भपतन गर्न सकिने वताउनु भयो । ढकालले हाडनाता , जवर्जस्तिकरण र विकालङ्ग वच्चा जन्मने अवस्थामा स्वास्थ्यकर्मीको राय अनुसार २८ हप्ता सम्मको गर्भपतन गर्न सक्ने व्यवस्था रहेको बताउनु भयो ।
सुरक्षित गर्भपतन सेवा सुभारम्भ पूर्वखोला -१ सिलुवाका महिला स्थास्थ्य संयमसेविका , स्वास्थ्यकर्मी अन्य व्यक्ति हरुको उपस्थितिमा स्वास्थ्य चौकीप्रमुख मौसम राईको संचालनमा र स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष एवम् वडा अध्यक्ष गिरमान आलेको अध्यक्षतामा भएको हो ।