
मंसिर १५
बौदीकाली गाउँपालिकाले पनि एक कार्यक्रममा विच अस्पताल सिलन्यास गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना प्रमुख अतिथि रही अस्पतालको सिलन्यास गरिएको हो । अस्पताल सिलन्यास गर्दै रानाले आधारभुत आबश्यकता अन्तरगत पर्ने स्वास्थ्य सेवा जनताको घर दैलोमा र्पुयाउन र कानुनको पालना गर्दै अस्पताल सिलन्यास गरिएको बताउनु भएको छ ।
दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउदै गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीपचन्द्र अधिकारीले बताउनु भएको छ । तिन करोड २३ लाखमा सम्पन्न हुने अनुमान गरिएको अस्पतालका लागि यस बर्ष ३० लाख बिनियोजन भएको जानकारि दिनु भएको छ । रकुवा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न २ का वडाध्यक्ष बाल प्रसाद ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बौदिकालि गाउँकमीटि अध्यक्ष श्याम सुन्दर श्रेष्ठ नेपालि काग्रेश बौदिकालीका सभापति भानु ओझा लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
रकुवा प्राथमिक स्वास्थ्य केन्द्र, बौदीकाली २ मा १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता २ नं। वडा अध्यक्ष श्री वालप्रसाद ठाडाले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।