रामपुर नगरपालिका वार्ड नम्बर १मा शहरी स्वास्थ्य केन्द्र स्थापना

बोली खबर   २३ जेष्ठ २०७९, सोमबार १८:४४

दानस मल्ल

 रामपुर १ रामपुर नगरपालिका वार्ड नम्बर १ चन्डिहान पाल्पामा शहरी स्वास्थ्य केन्द्र को स्थापना भएको छ। रामपुर नगरपालिका को वार्ड नम्बर १ र २ का माथिल्लो बस्तिका नागरिकहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य केन्द्रको उद्घाटन रामपुर नगरपालिका का नगर प्रमुख रमण बहादुर थापाले गर्नु भएको हो।स्वास्थ्य केन्द्र को उद्घाटन गर्नु हुँदै नगर प्रमुख थापाले” स्वास्थ्य केन्द्रका लागि आवस्यक पर्ने सम्पुर्ण कुराहरुमा सहयोग गर्न नगरपालिका तयार रहेको कुरा व्यक्त गर्नु भयो।

 यस केन्द्रमा काम गर्ने कर्मचारीहरुले सेवा ग्राहिहरुलाई राम्रो व्यबहार गरि उनी हरुको आधा ब्यथा कर्मचारी हरुको राम्रो व्यबहार बाट नै निको भै जावस भन्नू भयो।साथै नगरप्रमुख थापाले – स्वस्थ मान्छे नै सुखी हुने भएकोले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बिशेष ध्यान दिने बताउनु भयो।”

गाडाकोट स्वास्थ्य चौकिको आयोजनामा भएको कार्यक्रममा वार्ड नम्बर १ र २ लाई ” पुर्ण खोप वडा सुनिश्चितता” घोषणा गरि प्रमाणपत्र प्रदान गरिएको थियो। रामपुर स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे को स्वागत बाट शुरु भएको कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापा,प्रमुख प्रशासकिय अधिकृत गङ्गालाल सुवेदी, वार्ड नम्बर १ का अध्यक्ष कपिल खाणं, वार्ड नम्बर २ का अध्यक्ष कृष्ण दर्जी,ज्ञानमन्जरी आ बि का प्रधानाध्यापक दानस मल्ल लगायत ले बोल्नु हुँदै “कुनै पनि सस्थाको स्थापना हुनु जति महत्त्वपूर्ण छ त्योअ भन्दा महत्त्वपूर्ण कुरा भनेको यसको प्रभाव कारी निरन्तरता हो त्यसैले यश स्वास्थ्य केन्द्रलाई सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो।”

खोप ब्यबस्थापन समिती रामपुर १ का अध्यक्ष मित्रलाल कडेलको अध्यक्षता मा भएको कार्यक्रको सन्चालन गाडाकोट स्वास्थ्य चौकिका प्रमुख मजिबुर रहमान सेख ले गर्नु भएको हो।