
मंसिर १५
निस्दी गाउँपालिकामा १५ शैयाकाे अस्पताल लुम्बिनी प्रदेश प्रदेश सभाका सदस्य युवराज खनालले शिलान्यास गर्नुभएको छ।
निस्दीको मित्यालमा बन्ने अस्पतालको शिलान्यास गर्नुहुँदै सांसद खनालले कुनै पनि नेपाली नागरिक उपचारको अभावमा मर्न नपार्ने बताउनुहुँदै हरेक नेपालीको स्वास्थ्य सुरक्षामा नेपाल सरकार पुर्ण जिम्मेवारी रहने बताउनुभयो । एक फरक प्रसंगमा बाेल्दै खनालले प्रदेश सरकारकाे तर्फबाट परेका बजेटका बारेमा जानकारी गराउनु हुदै अाफ्नाे ठाउँकाे बजेट र बिकासमा चासाे राख्न समेत अाग्रह गर्नु भएकाे छ ।
निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बाेल्देै एक थुकी सुकि हजार थुकि नदि भनेझै सबैकाे सहयाेग नभइ काम गर्न असहज हुने भन्दै अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापनमा सहयोग पुर्याउनु सवैमा धन्यबाद दिनु भएकाे छ । नेकपा नेता देवीलाल लामिछाने लगाएतले बाेल्नु भएकाे कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगबान भक्त अर्यालले अस्पताल दुइ बर्षमा सम्पन्न हुने र यसकाे जम्मा लागत १८ कराेड रहेकाे जनाएकाे जानकारी गराउनु भएकाे छ ।