
पाल्पा । सम्पुर्ण श्रमजीवी र किसान एकजुट होऔ भन्दै किसान महासंघ पाल्पा रामपुरले बिरोध सभा गरेको छ ।रासायनिक मलको अभाव र बढ्दो महँगी विरुद्ध बिरोध सभा सम्पन्न भएको छ ।
किसानलाइ मल दे सरकार , कृषि मन्त्री राजिनामा दे , जस्ता प्ले कार्ड बोकेर रामपुर बेझाड चोक बाट र्याली सहित सुरु भएको बिरोध सभा बेझाड बजार बाङ्गेपसल हुदै प्रहरी कार्यालय माथिल्लो बाटो हुदै स्कुल रोडबाट पुन बेझाड बजार चोकमा आइ कोणसभामा परिणात भएको छ ।
कोणसभामा अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बोल्दै कृषि गर्न भन्ने तर मल उपलब्ध गराउन नसक्ने सरकार प्रति लक्षित गर्दै अहिले देशको अर्थतन्त्र अस्तव्यस्त भएको बेला बस्तुको आयात भन्दा निर्यात बढाउनु पर्ने भन्दै त्यसको लागि हाम्रो देशको माटो हावापानी अनुसार कृषि गर्नु नै उपयुक्त हो तर उत्पादन वृद्धि गर्नका लागि मलको आबश्यकता पर्छ जुन यो सरकारले उपलब्ध गराउन सक्दैन भन्नु भएको छ ।
कार्यक्रममा कार्यक्रम सम्योजक बाख्रा महासंघ केन्द्रिय उपाध्यक्ष सुर्य प्रसाद रेग्मि किसानको अध्यक्षता भएको थियो जिल्ला कमिटी सदस्य एब रामपुर नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्सालले कोणसभालाइ सम्बोधन गर्दै यो परमादेश सरकारले राजिनामा दिनु पर्छ भदै किसान गरिब निमुखका जहिले मारमा परेको बताउनु भएको छ । त्यस्तै र्यालिकै क्रममा इलाका प्रशासन कार्यालय रामपुर मार्फत प्रधानमन्त्रीको कार्यालय पुग्ने गरि ज्ञापन पत्र बुझाएको छ । बिरोध सभामा किसान र कृषि कर्म गर्ने सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै गरि कार्यक्रम सन्चालन विद्यार्थी नेता शंकर गौतमले गर्नु भएको थियो ।