
पाल्पा : नेकपा एमाले पाल्पाको तेस्रो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ।
बैठकमा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा गरिएको छ। सोही अवसरमा निर्वाचनमा एमालेका उमेदवारलाई जिताउन भूमिका निर्वाह गरेका ८ जनालाई जिल्ला कमिटीमा मनोनीत भएका छन।
दिलबहादुर गाहा (सत्यवती), विष्णु कडेल (सिद्देश्वर) हरिसुमर रेग्मी( मदनपोखरा), फर्सबहादुर खाम्चा (भुवनपोखरी), गोकुल पौडेल (तानसेन), श्रीधर पराजुली (मदनपोखरा), अशोक फाल मगर (हुमिन), विष्णु न्यौपाने (अर्गली) जिल्ला कमिटी सदस्यमा मनोनीत भएका एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।
यस्तै जिल्लाका स्थानीय तहमा विजयी भएका एमालेका उमेदवारलाई सम्मान गरिएको छ ।
बैठकमा नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेले बोल्दै पछिल्लो निर्वाचनको अवस्था हेर्दा पुजीवादले गाजेकोले चुनाव निकै पेचिलो बनेको बताउनु भएको छ । उहाँले आगामी निवाचनका लागि एकताबद्द भएर लाग्न आग्रह गर्दै यस निर्वाचनमा भएको कमिकमजोरिलाइ सुधारदै लैजान सबैले प्रयत्न गर्नु पर्ने बताउनु भएको थियो ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले पार्टीको जिल्ला सदस्य भन्दा वडा सदस्यलाई महत्त्व दिनुले खालको चुनाबले झल्को दिन्छ ,यसलाइ चिर्दै बिना पार्टी हामी होइनौ भन्ने बुझ्नु पर्ने बताउनु भएको छ । पहिलो कुरा पार्टी बचाउनु सबैको दायित्व हो ,जित्ने अवस्थाको ख्याल नगरी टिकटको आशा गर्ने । यसलाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
व्यक्तिले भनेजस्तो नपाए पार्टी नै परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ अनुशासनहिनता र अराजकता बढेको छ । यसले व्यक्ति वा पार्टी दुवैको भलो हुँदैन । जितेका जनप्रतिनिधिले इमानदार भएर जनताको सेवा गर्नुपर्ने बैठकको निष्कर्ष रहेको छ ।
गठबन्धन एकापट्टी एमाले एक्लै चुनावी मैदानमा होमिनु, गठबन्धनले सत्ता शक्ति र पैसा प्रयोग गर्नु, नेकपा माओवादी केन्द्र आफ्नो अस्तित्व नामेट पारेर रूख चिन्हमा लड्नु, पार्टी भित्रबाट नै बागी उमेदवार उठ्नु, नेता तथा बहालवाला जनप्रतिनिधिले असहयोग गर्नु र एमालेको स्थानीय सरकार हुँदा सामाजिक र विकासमा पुर्याएको योगदानबारे प्रचारप्रसार नहुनुले एमालेले सोचेजस्तो जित हासिल गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ।
पेशागत महासंघ केन्द्रिय उपमहासचिव शिब अर्यालले बैठकलाइ सम्बोधन गर्नु भएको थियो ।
आगामी निर्वाचनमा यी यस्ता प्रवृत्तिको अन्त्य गरि पार्टीका गतिविधिमा एक भएर अगाडि बढ्ने प्रतिबद्धता बैठकमा गरिएको एमाले पाल्पा सचीव रामजी पोखरेलले बताउनुभयो ।
यसअघि शुक्रबार जिल्ला सचिवालयको बैठक बसेको थियो।