रामपुरकाे स्याउलीबजार नजिक सुख्खा पहिरो खस्दा यातायात अबरुद्ध

दानस मल्ल   २९ जेष्ठ २०७९, आईतवार २०:१०

पाल्प । रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाको स्याउली बजार नजिकै पहिरोले मोटर बाटो अबरुद्द गरेको छ।कालीगण्डकी करिडोर अन्तर्गतको स्याउलिबजार देखि तिरतिरेधाराको बिच भागमा पहिरो खसेको हो। निर्माणाधीन कालीगण्डकी पक्कि पुलनिर खसेको पहिरो को कारण ले रामपुर देखि काठमाडौ ,बिरगंज ,नारायणगढ, कावासोति लगायतका लागि छुटेका गाडीहरू र काठमाडौ ,बिरगंज ,नारायणगढ , कावासोति लगायतका ठाउबाट रामपुर आउदै गरेका गाडीहरू मा सवार यात्रुहरु अलपत्र परेका छन। माथी बाट सुख्खा पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादिले जनाएको छ।