निस्दीको मित्यालमा असल बुहारीलाई सम्मान

बोली खबर   ३० जेष्ठ २०७९, सोमबार १६:११

पाल्पा । निस्दी गाउँपालिका – ४  मित्यालमा असल बुहारीलाई सम्मान गरेको छ । परिवारको जेष्ठ नागरिक तथा सासु – सासुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीहरुलाई सम्मान गरेका हुन ।

डा अध्यक्ष सन्तविर सुनारीको अध्यक्षतामा भएको कार्यक्रम २७ जना बुहारीलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पछिल्लो समय धेरै बुहारीहरु गाउँ छोडेर शहर झर्ने प्रवृत्ति बढेको बताउनुहुँदै समाजमा असल बुहारीको खाँचो रहेकोे बताउनुभएको छ ।

असल बुहारीहरुलाई कपडा र सम्मानपत्रले सम्मान गरेको छ । कार्यक्रम महिला वडा सदस्य हेमकुमारी सुनारीको स्वागत तथा वडा सचिव नारायण तिमिल्सिनाको सञ्चालनमा भएको हो ।