निस्दी २ सहलकोटमा जस्तापाता वितरण

प्रेमबहादुर बाकाबल   ३० जेष्ठ २०७९, सोमबार १६:३९

पाल्पा । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका ९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ। निस्दी गाउँ पालिकाको सहयोग र वडा नम्बर २ सहलकोटको समन्वयमा जस्तापाता वितरण गरिएको हो।

वडा नम्बर २ का वडा अध्यक्ष फत्ते सिं दर्लामीको अध्यक्षतामा जस्तापाता वितरण गरिएको हो। अध्यक्ष दर्लामीका अनुसार खरको छानो मुक्त घर अभियान अन्तर्गत जस्तापाता वितरण गरेको हो । जस्तापाता वितरण गर्दै दर्लामिले यहि आर्थिक वर्ष भित्र घरमा जस्तापाता लगाउन आग्रह गर्नुभयो । निस्दी गाउँ पालिका सधैं भरी जनताको पक्षमा रहेको र जनताको दुख हेर्न नसक्ने भन्दै वर्षादको समयमा चुहिएको खरको छानोमा नबस्न पनि अनुरोध गर्नुभयो ।

कार्यपालिका सदस्य खुमिसरा पुलामिले यस पटक समय अलि छोटो भएकोले सहलकोटका ९ घरलाइ मात्र जस्तापाता वितरण गरिएको र आउने आर्थिक वर्षमा अरु सबैलाइ वितरण गर्ने जानकारी गराउनुभयो। जस्तापाता वितरण कार्यक्रमको सन्चालन सामाजिक परिचालक चुनिमाया पाण्डे रानाले गर्नुभएको हो।