पाल्पा । निस्दी गाउँपालिका पाल्पामा शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरेको छ । निस्दीका आधारभूत र माध्यमिक तहका शिक्षकहरूलाई गणित तथा आईसिटी सम्बन्धि क्षमता विकास तालिम दिएको हो ।
जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको तालिममा ३३ जना गणित शिक्षकहरुको सहभागिता रहेको हो । जेठ २६ गतेदेखि सञ्चालन भएको तालिम ५ दिनसम्म चालेको हो । तालिममा गणित विषयलाई आईसिटीसँग जोडेर कसरी अध्यापन गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरेको छ । साथै तालिममा सहभागी शिक्षकहरुले जियो जेब्रा भन्ने सफ्टवेयर प्रयोग गरेर कक्षा कोठामा गणीतीय वातावरणलाई प्रविधिमैत्री बनाउने निष्कर्ष निकालेको गौरीशंकर मावि मित्यालका शिक्षक विष्णु पाण्डेले बताउनुभएको छ ।
तालिममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख महेन्द्र सुवेदी , गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले अवलोकन गरेका थिए । तालिमको सहजीकरण जनता मावि तानसेनका शिक्षक रामप्रसाद ढकाल र मोहनकन्या माविका शिक्षक हरिलाल गैरेले गर्नुभएको हो । तालिममा शिक्षकहरुको सक्रिय सहभागिता रहेको शिक्षा शाखाका प्राविधिक सहायक लिल बहादुर रासले बताउनुभएको छ ।