रामपुर नगरपालिका १मा वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल बिकास सस्था अभिमुखिकरण कार्यक्रम सम्पन्न

बोली खवर   १ असार २०७९, बुधबार २०:४३

दानस मल्ल

रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल बिकास सस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

वार्ड नम्बर १ का वडाध्यक्ष कपिल बहादुर खाणको अध्यक्षता मा भएको कार्यक्रम को मुख्य पाहुना रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा रहनु भएको हो। कार्यक्रम को उद्घाटन गर्नुहुदै नगर प्रमुख थापाले” पुर्बाधार बिकासका साथ साथै बौद्धिक बिकासका योजनालाई प्राथमिकता मा राखी आयात मुखी नभै निर्यात मुखी व्यावसायिक कार्यक्रम हरु बनाउन सुझाब दिनु भयो।साथै नगर प्रमुख थापाले- व्यावसायिक कृषि मा लाग्ने कृषकहरुको बैकको ब्याज समेत नगरपालिकाले तिरिदिने बताउनु भयो।” नगर कार्यपालिका सदस्य देवका पोख्रेल को स्वागत बाट शुरु भएको कार्यक्रममा बोल्नु हुँदै नगर उपप्रमुख बालकुमारी थापाले -“मेरो टोल,म सफा गर्छु भन्ने योजना का साथ वडा तह बाट नै राजस्व सङ्कलन मा अग्रसर भै नगर र वडा को बिकासमा लाग्न अनुरोध गर्नुभयो।” वडाका १३ वटै टोल बिकास सस्थाका प्रतिनिधि ,विभिन्न बिधालय,स्वास्थ्य सस्था का प्रमुख तथा प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष कपिल बहादुर खाणले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हदै सबै टोल बाट गरेर जम्मा १६७ वटा योजना सङ्कलन भएको जानकारी गराउनु भयो।

कार्यक्रम मा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत गङ्गा लाल सुवेदी,वार्ड नम्बर २ का अध्यक्ष कृष्ण कुमार दर्जी,वार्ड नम्बर ४ का अध्यक्ष राम बहादुर राना,वार्ड नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोख्रेल ,वार्ड नम्बर ६ का अध्यक्ष दिबाकर देबकोटा,वार्ड नम्बर ७ का अध्यक्ष दोब राज तिवारी ,वार्ड नम्बर ८ का अध्यक्ष दिनेश आचार्य,नेपाली काङ्ग्रेस वडा सभापति दान बहादुर मल्ल,नेकपा एमाले वडा कमिटी अध्यक्ष जगत मल्ल,चन्द्रोदय मा बि का प्रधानाध्यापक टङ्क नाथ पोख्रेल ,निबर्तमान वडाध्यक्ष मित्र लाल कडेल,पन्थे उद्दमी महिला सहकारी सस्थाका उपाध्यक्ष इन्दिरा पोख्रेल ,खटाङ्ग टोल बिकास सस्था का अध्यक्ष गिरधारी सिग्देल लगायतले बोल्नु हुदै नीति तथा कार्यक्रममा ल्याइएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नमा जोड दिन अनुरोध गर्नु भएको थियो।वडा सदस्य जीवन माया नेपालिले धन्यवाद दिएको कार्यक्रम को सन्चालन वडा सचिब तारा नाथ पोख्रेल ले गर्नु भएको हो।