निस्दीकाे सहलकोटमा बोलेरो जिप दुर्घटना

बाेलीखबर   १७ मंसिर २०७७, बुधबार १३:५०

पाल्पा, निस्दी गाउँपालिका २ सहलकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । निस्दी ३ भिरुवास बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ च ४५४१ नम्बरको माल बाहक जिप निस्दी २ भाङ्गबारीमा दुर्घटना हुँदा चालक सहित २ जना घाईते भएका हुन् ।घाईते हुनेहरुमा चालक पूर्वखोला ५ का ३४ वर्षिय विक्रम गैरे र पूर्वखोला ५ कै ३९ वर्षिय दान बहादुर गैरे रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । खुद्रा सामान विक्री गरेर फर्कने क्रममा ब्रेक फेल भएर अनियन्त्रित भई बोलेरो जिप विहान सवा १० बजेर पल्टिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।