रामपुर नगरपालिका वडा न ६ले बार्षिक निति तथा कार्यक्रम ल्यायो

बोली खबर   ५ असार २०७९, आईतवार २२:१७

रामपुर नगरपालिका वडा नं ६ काे आयोजनामा वार्षिक नीति तथा कार्यक्रम एवम् याेजना तर्जुमा कार्यक्रम भएको छ । वडाध्यक्ष दिवाकर देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेय रहनुभएकाे हाे ।

मुख्य पाहुना पाण्डेयले वडामा टाेल टाेलबाट अाएका याेजना नगर कार्यपालिका बैठकले निर्णय गरि नगर सभाले पारित गरेर वडाले कार्यक्रम गर्ने बताउनुभएको छ । टाेलबाट छनाैट भएर अाएका कार्यक्रम राम्रो अाएकाे बताउनुहुदै शिक्षा र स्वास्थ्यका कार्यक्रम छनाैटमा जाेड दिनुपर्ने सुझाव दिनुभएको छ । कार्यक्रमकाे संचालन वडा सचिव बासुदेव ढकाल र स्वागत कार्यपालिका सदस्य शारदा अाचार्यले गर्नुभएको हाे ।

वडामा ११ वटा टाेल विकास समिति गठन गरिएको छ । प्रत्येक टाेलबाट सङकलित भई अाएका टाेलगत याेजना सम्बन्धमा टाेल विकास संस्थाका अध्यक्ष तथा प्रतीनिधीहरुले जानकारी गराउनुभएकाे छ । वडाअध्यक्ष देवकोटाले अार्थिक वर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रम तथा याेजनाका सम्बन्धमा जानकारी गराउनु भएको छ ।

केरा, अालु, धान, पशुपालन, माैरि, फलफुल खेतिलाई प्राथमिकता दिएर कृषि र पशुपालनका कार्यक्रम अगाडि बढाउने, वडामा उत्पादन भएका कृषि उपजकाे बजारिकरणकाे व्यवस्था, कृषि व्यवसायमा प्रोत्साहन गर्दै कृषकलाई वडाध्यक्ष कृषक पुरस्कार प्रदान गर्ने, उत्पादनमा अाधारित अनुदानका कार्यक्रम, कृषि फार्म संचालन गर्न चाहनेका लागि वडाबाट अावश्यक सहयोग सहजिकरण गर्ने, केराकाे वजारिकरणका लागि सडक महाेत्सव गर्ने याेजना समेटिएको वडाध्यक्ष देवकोटाले जानकारी दिनुभएको छ ।

रामपुर नगरपालिकाकाे नगर गाैरवकाे अायाेजनाकाे रूपमा गाैशाला, तालपाेखरा र ज्याग्दि वनलाई स्तराेन्नति गर्दै जाने, वडामा रहेका धार्मिक तथा एेतिहासिक क्षेत्रकाे संरक्षण र स्तराेन्नति, विभिन्न समुदायको संस्कृति संरक्षण, मृत्युु संस्कारमा सुविधा हुने गरि गाैरिघाट, काेप्चेघाट र परेवाघाटमा अावश्यक संरचना निर्माण गरिने याेजना सारिएको छ । ज्येष्ठ नागरिक, एकल महिला,अपांग भएका व्यक्तिलाई विभिन्न सिपमुलक तथा क्षमता विकास कार्यक्रम, वडाकाे माैलिक पहिचानमा रहेको माटाका भाडा बनाउने पेशालाई संरक्षण, नया उद्यम गर्न चाहनेलाई उद्यमशिलता विकास तालिम उपलब्ध गराइने याेजनामा परेको छ । अागामि अार्थिक वर्ष भित्रै वडाको विस्तृत विवरण खुल्ने डाटा बेस तयार गरि वडा प्रोफाइल तयार गरिने, वडाकाे याेजना विकास प्राथमिकताका वस्तुगत अाधार, सुचना तथ्यांक र सरकारकाे विकास प्राथमिकताका अाधारमा निर्धारण गरिने लगायतका याेजना छन् ।

त्यस्तै शिक्षा, स्वास्थ्य, सडक, पुल, पुलेसा, सिंचाइ, खानेपानी, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना उद्योग, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका याेजना वडामा छनाैट गरिएको छ ।

कार्यक्रमकाे अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य देवराज ढकाल, निवर्तमान वडाध्यक्ष हुमनाथ न्याैपाने, कार्यपालिका सदस्य यमबहादुर भुजेल, नेपाली कांग्रेस वडा सभापति गाेविन्द देवकोटा, राष्ट्रिय जनमाेर्चाका नगर सचिव रामप्रसाद गैरे, नेकपा एकीकृत समाजवादिका प्रतिनिधि तारा कंडेल, तालपाेखरा संरक्षण समिति अध्यक्ष सागरप्रसाद देवकोटा, समाजसेवी कृष्णप्रसाद अर्याल, पत्रकारको तर्फबाट कृष्णप्रसाद पाैडेल लगायतले अाफ्ना भनाइ राख्दै वडाका कार्यक्रम तथा गतिविधि पारदर्शी रूपमा संचालन गर्न सुझाव दिनुभएको छ । सुदिप गैरले वडामा संग्रहालय निर्माण, सामुहिक फलफूल खेति प्रवर्द्धन,ताेरि खेति कार्यक्रम, वडामा रहेका कर्मचारी, टाेल विकास संस्थामा रहेका पदाधिकारी, याेजना उपभोक्ता समितिलाई क्षमता विकास तालिमको व्यवस्था गर्न माग गर्नुभएको छ ।

अाेम प्रकाश रेग्मीले वडाकाे विकासका अवधारणा के हाे त्यसमा पहिला प्राथमिकता दिनुपर्ने, वडाकाे छुट्टै पहिचान दिने गरि याेजना ल्याउनुपर्ने, सबै वडावासिकाे छलफल र अन्तरकृयालाई जाेड दिनुपर्ने, वडा कार्यालय बनाउनुपर्ने र गुरुयोजना बनाएर काम गर्नुपर्ने सुझाव राख्नुभएको छ ।

टिप्पणी कर्ता रमेश ढकालले वडामा टाेलबाट अाएका याेजनाकाे प्राथमिकताका अाधारमा छनाैट गरेर कार्यक्रम गरिनुपर्ने बताउनुहुदै लागुपदार्थ दुर्व्यसनिमा बिशेषगरि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थि लागेको हुदा उनीहरुको लागि सचेतनामुलक कार्यक्रम ल्याउन अावश्यक रहेको वडालाई सुझाव दिनुभएको छ ।

कार्यक्रममा वडा सदस्य शारदा आचार्यको स्वागत र वडा सचिब बासुदेब ढकालले सन्चालन गर्नु भएको हो ।वडाबाट करिब १सय४० बढि योजनाहरु माग भएका छन भने वडामा १ हजार ९ घरधुरी रहेको छ ।