रामपुर नगरपालिका ४ देविस्थानमा आधारभूत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन

बोली खबर   ९ असार २०७९, बिहीबार ०५:३३

पाल्पा, रामपुर नगरपालिका ४ देविस्थानमा आधारभूत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन गरिएको छ । साथै समुद्घाटन कार्यक्रमका विच रामपुर नगरपालिका वडा नं. ३ र ४ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले बोल्दै नगरपालिकाको सबैभन्दा राम्रो टोल बिकास सस्थाको रुपमा पुरस्कृत हुनेगरि काम गर्न टोल बिकास सस्थालाइ आग्रह गर्नु भएको छ । रामपुरलाइ नमुना बस्ती बिकास गर्ने , देखिन लाएक शहर बनाउने योजना रहेको हुँदा यस काममा स्थानीयको सहयोग आबश्यक रहेको नगर प्रमुखको भनाइ रहेको छ ।

२८ लाख ८५ हजार ५ सय ७९ को
लागतमा निर्माण भएको भवनको समुद्घाटन कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले स्वस्थ्य केन्द्रको लागि आवश्यक उपकरण, औषधी तथा जनशक्ति थप गर्ने बताउँदै सेवालाई सबल बनाउन सबैले सुझाव र सल्लाह प्रदान गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कोही पनि जनता आधारभूत स्वस्थ्य सेवा बाट बञ्चित नहुन भन्ने प्रत्याभूत गराउन सेवा केन्द्र सञ्चालनमा जोड दिएको बताउनुभयो । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले सहज रुपमा सेवा प्रदान गर्नका लागि व्यवस्थापनमा ध्यान दिएर अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका स्वस्थ्य शाखाको तर्फ बाट वडा अध्यक्ष तथा स्वस्थ्य शाखा प्रमुखलाई नगर प्रमुख थापाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति थर्क बहादुर राना, नेकपा एमाले वडा कमिटी अध्यक्ष डिलबहादुर कौशिले लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।

टोल विकास संस्थामार्फत पूर्वाधारतर्फ १०९, सिंचाईतर्फ ९, भवनतर्फ २१, खानेपानीतर्फ २४, सामाजिक विकासतर्फ ५ गरी जम्मा १६८ वटा विभिन्न योजना संकलित भएर वडामा आएका छन् । ती योजनालाई प्राथमिकताको आधारमा नगर कार्यपालिका बैठकले पास गरी नगर सभाले पारित गर्नेछ । वडा सदस्य ताजिम महम्मद अजिम शेखको स्वागतबाट सुरु भएको कार्यक्रम वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा, वडा सचिव सबिता रानाले सन्चालन गर्नुभएको हो ।

रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले नगरका १० वटै वडा बाट तथ्याङ्क संकलन गरी जन्मे देखि १५ महिना र १६ महिना देखि २३ महिनाका शिशुहरुलाई खोपको पूर्ण दिने अभियान सञ्चालन गरिएको बताउनुभयो । कोभिडका कारण पूर्ण खोप सुनिश्चितता घोषणा प्रभावित भए पनि त्यस पश्चात वडा नं. १, २ र १० लाई घोषणा गरिसकिएको र अन्य वडालाई क्रमश घोषणा गरिने बताउनुभयो । बुधबार वडा नं. ३, ४ संगै वडा नं. ७ र ९ लाई पनि घोषणा गरिदै छ । रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम शहरी स्वस्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष पार्वती परियारको स्वागत र दर्छा स्वास्थ्य चौकी प्रमुख पुनम जिसिको सञ्चालनमा भएको हो ।