मुल्य वृद्धिको बिरोधमा विद्यार्थीद्धारा प्रदर्शन

बाेलीखबर   ९ असार २०७९, बिहीबार ०६:११

पाल्पा। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै रामपुरमा विरोध प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामपुर  कमिटीले बुधबार अपरान्ह क्याम्पस अगाडि गेटमा प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले नारा लगाउँदै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । ‘मूल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, दलालहरु होसियार लगाएतका नारा लगाएका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शंकर प्रसाद गौतमले मूल्य वृद्धिको विरोध स्वरुप विरोधका कार्यक्रम गरेको बताउँदै फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउने बताउनु भयो ।उहाँले जनताको जनमत बाट नभै अदालतको परमादेश बाट आएको सरकार चुनावी खर्च जुटाउन मूल्य वृद्धि गरीरहेको आरोप लगाउँद‌ै स्थानीय तह निर्वाचन प्रभावित हुने भएकाले मतपरिणाम सकिनै लाग्दा वर्तमान सरकार मूल्य वृद्धि गरिरहेको बताउनुभयो ।
मूल्य वृद्धिका विरुद्ध एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । विरोध सभा अनेरास्ववियुका जिल्ला सचिव मदन आचार्यले आफ्ना भनाइ राख्नु भएको थियो ।बिरोध सभामा सहजीकरण विद्यार्थी सन्देश ढकालले गर्नु भएको हो ।