रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभा सम्पन्न

बाेलीखबर   ९ असार २०७९, बिहीबार १९:२५

पाल्पा । रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभाले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम  सम्पन्न भएकाेछ ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा पुर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको नीति अवलम्बन गर्ने, खस्यौली प्राथमिक केन्द्रलाई १० शैयाको अस्पतालमा परिणत गर्ने, उज्यालो तथा सुरक्षित रिब्दीकोट कार्यक्रमलाई अगाडी बढाई मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गरि विभिन्न क्रियाकलाप गर्नेलगाएतका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाको एकिकृत कृषी तथा पशु विकासको रणनिती बनाई कार्यान्वयन गर्न बिज्ञ सहितको संयन्त्र निर्माण गर्ने, किसान सुचिकरणको बाँकी काम पुरा गरि परिचय पत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौं आफ्नो माटो, छाडौं विदेशको बटो लगाएतका कार्यक्रम सञ्चालन गर्ने बताईएको छ ।

निशुल्क एम्बुलेन्स व्यवस्था गर्ने देखि लिएर विद्यालयका किशोरीहरुलाई निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने, कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकामा संकलन गरिने कर तथा राजश्वलाई विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरि प्रयोगमा ल्याईने जनाईएको छ ।