रामपुर वडा नं.१ काे कार्य सम्पादन बिबरण सार्बजनिक

दानस मल्ल   ९ असार २०७९, बिहीबार १९:५७

पाल्पा । रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले मासिक कार्य सम्पादन बिबरण सार्बजनिक गरेको छ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनबाट निर्बाचित भएर वडाको कार्यभार सम्हाले पछि पहिलो पटक मासिक कार्य सम्पादन विवरण सार्बजनिक गरेको हो।

वडाध्यक्ष कपिल बहादुर खाँणले मासिक कार्य सम्पादन विवरण प्रस्तुत गर्दै वडा बाट ४३ वटा नागरिकताको सिफारिस, ७ वटा नाता प्रमाणित, ६ वटा बिधुत जडान, १ वटा चौकिल्ला प्रमाणित, १९ वटा बैदेशिक अध्ययनको सिफारिस र योजना सहित को ११६ वटा अन्य सिफारिस गरि जम्मा १९२ वटा सिफारिस गरेको कुरा ब्यक्त गर्नु भयो।

यसै गरि घटना दर्तातर्फ जन्म दर्ता १२ वटा, बिबाह दर्ता ६ वटा, मृत्युु दर्ता ३ वटा, सम्बन्ध बिच्छेद २ वटा भएको जानकारी वडाध्यक्ष खाँणले बताउनुभयो । यो अबधिमा वडा समितिको बैठक ५ पटक बसेको र ९ वटा निर्णय गरेको साथै एउटा कार्यक्रम गरेको कुरा जानकारी गराउनु भएको कार्यक्रम को सन्चालन वडा सचिब तारानाथ पोख्रेल गर्नु भएको हो