साथी नेपाल द्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

बन्दना पाेखरेल   २० मंसिर २०७७, शनिबार ११:२६

साथी नेपाल (FOC- Nepal) ले बौदीकाली शिक्षा शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

 मङ्सिर १९ डेढगाउँ, नवलपुर बालबालिकाको साथी नेपाल (FOC- Nepal) ले बौदीकाली शिक्षा शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । बौदीकाली गाउँपालिका कार्यक्षेत्र रहेको महिला, बालबालिका र शिक्षामा सामाजिक काम गरिरहेको यस सामाजिक संस्थाले बौदीकाली गाउँपालिकामा रहेको सामुदायिक एवं निजि बिधालय गरि जम्मा ३५ वटा बिधालय र शिक्षा शाखालाई बितरण गर्नेगरि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ! बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानालाई बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिश्वकर्माले उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ! गाउँपालिका अध्यक्ष रानल्रे कोरोना भाईरसबाट समुदाय र शिक्षा क्षेत्रमा परेको प्रभावलाई संस्थाले पुर्‍याएको सहयोगको प्रसम्शा गर्दै धन्यवाद ज्ञापन गर्नु भयो ! बौदीकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदिले यो विषम परिस्थितिमा बालबालिकाको साथी नेपालले पुर्‍याएको सहयोग को लागि धन्यवाद सहित आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि अनुरोध गर्नु भएको थियो ! शिक्षा शाखा संयोजक हरी प्रसाद सिग्देलको पनि उपस्थिति रहनुभएको सामाग्री हस्तान्तरण कार्यक्रममा सर्जिकल मास्क ९९०० थान , सेनिटाईजर ५ लिटर ४४ ग्यालिन , सेनिटाईजर ५०० एम.एल. १४ थान, एन नाईटी-फाईभ (N-95) मास्क २ थान, र साबुन २४० गोटा बौदीकाली गाउँपालिका शिक्षा शाखा मार्फत बिधालयलाई दिईने संस्थाका सचिब बिर बहादुर बिसीले बताउनु भयो ! बिधालयलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध भए पछि बिधालयमा अध्यनरत बिद्यार्थी,शिक्षकलाई बिधालय संचालन, अध्यन, अध्यापनमा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने संस्थाका अन्तरास्ट्रिय प्रतिनिधि गङ्गा बिश्वकर्माले बताउनु भयो !