
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले ११ औं गाउँसभा तथा आ.व. २०७९/८० को बजेट ५७ करोड ७४ लाख बराबरको प्रस्तुत भएको छ ।गाउँसभामा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हाे । चिदीले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम पेश गरेकाे हाे ।
सभामा स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिने, माथागढीको समग्र विकासलाइ आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष चिदीले बताएका छन्। साथै याेजनालाइ र समानुपातिक तर्फबाट आउने बजेटलाई पनि समन्वय गरि कार्यलाई निरन्तरता दिने कुरालाई अगाडि सारेकाे छ ।
गाउँसभा तथा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले ५७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाे छ। शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणलाई प्राथमिकतामा राखेर माथागढीले बजेट पेश गरेको हो । उपाध्यक्ष लुङ्चेले चालु तर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट प्रस्ताव गरेकाे हो ।
प्रस्तावित बजेट तथा कार्यक्रम लाई सभाका सदस्यहरुको समर्थन गरि नीति तथा बजेट कार्यक्रम पारित गरेका थिए । सभामा राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगाएको उपस्थिति रहेको थियो।