
सन्जु देवि परियार
रामपुर नगरपालिकामा न्यायीक कार्य संचालन ब्यबस्था सम्बन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।
रामपुर नगरपालिका , नगरकार्यपालिकाको कार्यलय रामपुर पाल्पाको आयोजनामा असार ११ गते देखि १२ गतेसम्म तालिम सन्चालन भएको थियो।
तालिम समापन कार्यक्रम रामपुर नगरपालिका उप-प्रमुख न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षतामा दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
समाजमा आएका बिबाद हरु लाई समाजमै रहि समाज सन्तुलनमा खलल नपुग्ने गरि समाधान गर्नका लागि एउटा माध्यम ( मध्यस्थता कर्ता) को भुमिका निर्वाह गरि मेलमिलापको वातावरण सृजना गरि दक्ष मेलमिलापकर्ता उत्पादन गर्ने उध्देस्यले तालिम सन्चालन गरिएको हो। मेलमिलाप परिषद, काठमाडौका देबिराम भण्डारी मुख्य प्रशिक्षक रहेको तालिममा रामपुर नगरपालिका भित्रका १० वटै वडाका मेलमिलापकर्ता हरुको उपस्थिति रहेकोे थियो।
नगर भित्रकै आएका बिबाद लाई मेलमिलापको माध्यम बाट समाधान गर्न आ-आफ्नो वडामै मेलमिलाप केन्द्र स्थापना गरि ब्यबस्थापन सहित लाग्नका लागि थप उर्जा मिलोस र बिबाद निरुपणमा टेवा पुगोस भनी ल्याइएको तालिममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सुवेदी , रामपुर नगरपालिका नगर प्रवक्ता तथा वडा न. १ का वडाअध्यक्ष कपिल बहादुर खाँण , र सम्पुर्ण सहभागी प्रशिक्षार्थी हरु , निबर्तमान न्यायिक समितिको तर्फबाट बिस्णु प्रसाद बस्यालले आ- आफ्ना भनाइ हरु राख्नुभएको थियो भने कार्यक्रम संचालन स.म.बि .नि पुजा परियारले गर्नुभएको थियो।