
पाल्पा । २०७९ असार १४, निस्दी गाउँ पालिका वडा नम्बर १ बाकामलाङ्गमा पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर १ का वडा अध्यक्ष यम बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।
मुख्य पाहुना रानाले कार्यक्रमको उदघाटन गर्दै सबै जनता र दलहरूको सहयोगले यो कार्यक्रम गर्न सफल भएको भन्दै आगामी योजनामा स्वास्थ क्षेत्र सुधारका लागि फराकिलो सोचका साथ बजेट विनियोजन गर्ने बताउनुभयो ।
यो कार्यक्रम निस्दी गाउँ पालिकाको पहिचान भन्दै स्वास्थ नै धन भएको र कुनै पनि सुत्केरी महिलाको मृत्यु भएमा सिङ्गो पालिकाको इमेज माथी प्रश्न उठ्ने भएकोले स्वास्थ क्षेत्रमा बजेट विनियोजन गर्न नहिच्किचाउन अनुरोध गर्दै मनका कुरा राख्नेहरुमा निवर्तमान वडा अध्यक्ष पुर्ण बहादुर खाण,बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे ,स्वास्थ व्यवस्थापन समिति सदस्य भेष बहादुर अधिकारी पुर्व स्वास्थ कर्मचारी लक्ष्मी पोख्रेल रहनुभएको हो।
निस्दी गाउँ पालिकाको आर्थिक सहयोग र बाकामलाङ्ग स्वास्थ चौकी को आयोजनामा भएको कार्यक्रमको संचालन स्वास्थ शाखा उप संयोजक अर्जुन रानाले गर्नुभएको हो।
हेल्थ असिस्टेन्ट सुरेन्द्र बुढाको स्वागतबाट अगाडि बढेको कार्यक्रमको समापन गर्दै अध्यक्ष यम बहादुर रानाले थोरै बोल्ने धेरै काम गर्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिदै सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।