
पाल्पा । रोटरी क्लव अफ रामपुरको अध्यक्षमा रुद्र नारायण श्रेष्ठ निर्वाचित भएका छन् । अगामी सन् २०२२ देखि २०२३ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।
निर्वतमान अध्यक्ष रो. राजु प्रसाद श्रेष्ठले आफनो एक बर्षको कार्यकालमा रोटरी क्लव स्थापना देखि हाल सम्म सामाजिकका काममा क्लबले काम गरेको बताएका छन् । श्रेष्ठले आफनो कार्यकालमा समाज परिर्वतनका लागि कुनै स्वार्थ नराखी काम गरेको बताएका छन् । शैक्षिक सामाग्री वितरण देखि सेचनामूलक कार्यक्रममा अग्रसर रहेको बताएका छन् । श्रेष्ठले आगामी बर्ष रामपुर अस्पतालका लागि उच्च स्तरको स्वास्थ्य सामागी हस्तारण गर्ने समेत बताएका छन् ।
संस्थाको कोषाध्यक्ष बाबुराम श्रेष्ठले आर्थिक कारोबारका बारेमा तथा आफनो कार्यकालमा १८ वटा बोर्ड बैठक तथा २१ वटा रेगुलर बैठक सम्पन्न भएको बताएका थिए । श्रेष्ठले धन भन्दा मनको संस्था बनाउन सबैलाई अनुरोध गरेका छन् । हाल सम्म संस्थामा ५८ जना रोटरीयन सदस्य रहेको बताएका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले रामपुरमा स्थापित रोटरी क्लबलाई अझ सशक्त रुपमा स्थापित गर्ने बचन प्रतिवद्धता जनाएका छन् । क्लवलाई जिल्लामा क्लव दर्ता देखि लिएर हरेक सामाजिका क्षेत्रमा क्लवलाई सक्रिया बनाउने बचन प्रतिवद्धता गरेका छन् ।
रोटरी सागर प्रसाद देवकोटाको स्वागत मतब्यबाट सुरुभएको कार्यक्रम क्वलका सचिव सूर्यप्रसादको घिमिरेको संचालमा चलेको थियो ।