सूर्या लाईफ इन्स्योरेन्सले ६ लाख ६० हजार मृत्यु दाबी रकम भुक्तानी

बाेलीखबर   १८ असार २०७९, शनिबार २१:३८

पाल्पा । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीमित दुर्गा बहादुर थापा मगरको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

रामपुर नगरपालिका वडा नं. ५ बेझाँड बस्ने मृतक थापाको निबासमा पुगेर श्रीमति कुबिजा थापा मगरलाई कम्पनीले विमाङ्क रकम ५ लाख र बोनस १ लाख ६० हजार गरी ६ लाख ६० हजार प्रदान गरेको हो ।

एक कार्यक्रम बिच सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख बिष्णु लम्साल र ग्लोबल आईएमई बैंक रामपुरका शाखा प्रबन्धक बाबुराम लम्सालले चेक हस्तान्तरण गरेकाे हो ।

ग्लोबल आईएमई बैंक रामपुरका शाखा प्रबन्धक लम्सालले जीवन संगै आर्थिक सुरक्षाको लागी बीमा अपरिहार्य रहेको बताएका छन्। सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख लम्सालले जीवन बीमाको महत्व र आवश्यकताको बारेमा जानकारी दिएका थिए । शाखा प्रमुख लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा एजेन्सी म्यानेजर रबि दर्लामीले संचालन गरेका थिए ।

मृतक थापाले विं.सं. २०७२ असार २९ गते ५ लाखको सूर्या सुसंरक्षित सावधिक जीवन बीमा पोलिसी रामपुर शाखा मार्फत खरिद गर्नु भएको थियो । थापाको केही महिना अघि निधन भएको थियो ।