
पाल्पा । रामपुर नगरपालिकामा स्थानीय जडिबुटी परिचयात्मक अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। रामपुर नगरपालिका आयुर्वेद शाखा रामपुर पाल्पाको आयोजनामा रामपुर नगरपालिका वडा न ७ को किसानबारी योग हलमा कार्यक्रम भएको हो।
रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुबेदीको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेल , बैध निरीक्षक राजेश यादव , गाडाकोट आयुर्वेद औषधलयका प्रमुख् अनिल कुमार राय, वन अधिकृत सुजन राज भण्डारीको प्रस्तुति रहेको अभिमुखिकरण कार्यक्रममा जीवन प्रकृतिको देन हो, जसलाइ स्वस्थ राख्न र हरेक रोगबाट मुक्त गराउनका लागि हाम्रै स्थानीय तहमा पाइने जडिबुटीहरु पहिचान गरि त्यसलाइ प्रयोगमा ल्याउन आवश्यक हुन्छ रहेकाे बताएका छन् । स्थानीय जडिबुटी पहिचान गरि प्रयोगमा ल्याइ स्वस्थ जीवन निर्वाहका लागि पहलमा जोड दिनु पर्ने बताएका थिए ।
गाडाकोट आयुर्वद औषधालय प्रमुख अनिल कुमार राय स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमको संचालन आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलले गरेका थिए ।