
पाल्पा । जिल्ला विकास तथा समन्वय इकाई, पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगार्थमा २ दिने पाठ्यक्रम प्रवोधिकरण तालिम ( कक्षा- ४, ७ र ९ ) किसान मा.वि., झडेवामा आजबाट संचालन भएको छ।
प्रमुख अतिथी माथागढी गाउपालिकाकी उपाध्यक्ष विष्णु कुमारी लुङ्चेले सिकाई सहजीकरण गर्दै विद्यार्थीहरुको भावी योजना प्रतिको बलियो जग बसाउने कार्य शिक्षकहरूबाट मात्र सम्भव हुने भएकोले तालिममा प्राप्त गरेका सिकाईलाई कार्यान्वयन गर्न समेत शिक्षकहरूलाई आग्रह गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले व्यवहारिक, सिपयुक्त, जीवनोपयोगी, विज्ञान-प्रविधि, सूचना-प्रविधि लगायतका शिक्षाले शिक्षाको गुणस्तरमा वृद्धि ल्याउने बताएका थिए ।
तालिममा माथागढी गाउँपालिका अन्तर्गतका १०० बढी शिक्षकहरूको उपस्थिति रहेको थियो। भने पहिलो दिनको तालिममा सहभागीहरुलाई दुई समूहमा विभाजन गरी भाषिक विषय अन्तर्गत रहेर अंग्रेजी विषय तर्फ नारायण ब. मश्राङ्गी र नेपाली विषयतर्फ रमेश रानाले सहजीकरण गरेका थिए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थी, किसान मा.विका निमित्त प्रधानाध्यापक देवी बस्याल, पाठ्यक्रम प्रवोधिकरणका प्रशिक्षकहरु नारायण मश्राङ्गी, प्रेम गिरी, गोपाल खनाल र रमेश राना लगायतले शुभकामना मतब्य दिएका थिए ।