डेढगाउँका राजुको गित छायांकन आफ्नै गाउँमा

बन्दना पाेखरेल   २३ मंसिर २०७७, मंगलवार ०६:४०

बिर बहादुर बि.सी. डेढगाउँ – नवलपुर,मङ्सिर २२

नवलपुर बौदीकाली-डेढगाउँका सर्जक राजु श्रेष्ठको गीत ” कालीतिर ” को छायांकन कार्य आफ्नै जन्म स्थल डेढगाउँमा सकिएको छ।

नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँको प्रख्यात धार्मिक एवं पर्यटकिय स्थललाई क्यामेरामा कैद गरि लिईएको उक्त गितको भिडियोमा अकलामन्दिर, कालीगण्डकी किनार, बालीघाट क्षेत्र , खहरेबजार, भुलाड, देबिस्थान क्षेत्रलाई देख्न पाईने छ । मर्मस्पर्शी शब्दले भरिपुर्ण यस गितमा शब्द राजु श्रेष्ठ,र लय राजु श्रेष्ठ,दामोदर कंडेल र सुर्य कुमारले गरेका छन! गितको एरेञ्जरमा चर्चित कलाकार सागर बिरहीले भरेका हुन ।

“काली तिरमा झर्छु होला म तिमी छौं र बाचेकै छु सानू तिम्ले छोडे- मर्छु होला म ” ड्रोनबाट समेत खिचिएको रमणीय स्थल डेढगाउँलाई छर्लङ्ग देख्न पाईने यो गितको मुख्य भुमिकामा मोडेल शिशिर पौडेल र शुसिला नेपालीले अभिनय गरेका छन भने बिदेशि भुमिमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका सुमधुर श्वरका धनी चोलाकान्त बि.क.र सुनिता बुढा क्षेत्री,संझना थापाको मीठो आवाज सुन्न पाईन्छ ।

सतिश राईको निर्देशन, छायांकन र सम्पादन रहने गितमा बौदीकाली-२ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडा र स्थानीय कलाकारको समेत छोटो अभिनय देख्न पाईन्छ भने मङ्सिर महिना भित्र DTM मिडियाको युट्युब च्यानलबाट बिश्वबजारमा सुन्न र देख्न पाईने गितमा मिडियाको भुमिकामा DTM Media का दिपेन्द्र थापाले गरेका छन !