
पाल्पा । माथागढी गाउँपालिका श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरुलाई गैर आबासीय संस्था जापान (NRN) द्वारा छात्रवृत्ति प्रदान गरेको छ।
जापानमा संगठित एनआरएन संस्थाले यस्तै भौगोलिक कठिनाइमा रहेका विद्यार्थीहरुलाई अध्ययनमा केही राहत मिल्ने उद्देश्यले आर्थिक सहयोग तथा छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाले जानकारी दिएको छ।
यसरी बाल विकास आधारभूत विद्यालयमा अध्ययन गरि जेहेन्दार विद्यार्थीहरुको रुपमा कक्षा-५ का सरिना झेंडी र कक्षा-३ का सुसन मश्राङ्गीलाई प्रतिब्यक्ती रु.१०,०००/- का दरले नगद उपलब्ध भएको रकम विद्यार्थीका अभिभावक सहितलाई उपस्थित गराई प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक खड्ग बहादुर रखालले बताएका छन् ।
रखालले विद्यार्थीहरुको कमजोर आर्थिक अवस्थाले कठिनाई पूर्वक अगाडि बढिरहेको अध्ययन कार्यलाई राहत मिल्ने बताए । यसरी हाम्रै विद्यालयलाई छनोट गरि आर्थिक सहायता प्रदान गर्ने गैर आबासीय संस्था जापान (NRN) लाई विद्यालयको तर्फबाट धन्यवाद दिएकाे छ।