
पाल्पा रामपुर
पाल्पाको रामपुरमा बिभिन्न सामुदायिक बनमा बिरुवा बितरण भैरहेको छ ।भू तथा जलाधार व्यवस्थापन कार्यलय मार्फत बिरुवा बितरण गरिएको हो ।
राम्चे सामुदायिक बन , रानीवन तथा वडवान सामुदायिक बन , जुन तारा मातृ समुह , दियालो सहकारी , दुर्गा देबि आमा समुहमा लगाएत बाट बितरण गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ पाल्पाको समन्वयमा पुर्बि पाल्पामा करिब ३ हजार अाँप ,लिची ,कागती , अमलिसो र वासको विरुवा वितरण गरीएको सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
बिभिन्न समयमा बिरुवा बितरण गर्दै आएको महासंघले बिहिवार एक कार्यक्रम गरि रानिवन तथा वडवान सामुदायिक बन र जुनतारा मातृ समुहलाइ हस्तान्तरण गरेको छ ।