
पाल्पा । ‘सातै वडा रमाईलो छ निस्दीगाउँपालिका….’ परम्परागत मगर संस्कृतिले भरिएको पालिका हो निस्दी गाउँपालिका । पूर्वी पाल्पामा विकट मानिने निस्दी गाउँपालिकाले भने छुट्टै पहिचान बोकेको छ ।
मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति, परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको छ । निस्दी गाउँपालिकाले सात वटै वडाहरुलाई समेटेर भिडियो डकुमेन्ट्री ( याे हाे निस्दी नामक) प्रोमोशन भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमा निस्दी गाउँपालिका भित्र रहेका सातवटै वडाहरुमा रहेको पर्यटकीय क्षेत्र, परम्परागत जीवनशैली, संस्कृति, भेषभुषामा आधारित रहेर निर्माण गरेकोछ । साविकको बाकामलाङ्ग, सहलकोट, मित्याल, झिरुबास, गल्धा, अर्चले र ज्यामिरेमा रहेका स्थानीय पर्यटकीय क्षेत्र, रहनसहन तथा संस्कृतिलाई भिडियो मार्फत उतारेको छ ।
ज्यामिरेमा चुन ढुङ्गाको विषयलाई उठाएको छ भने सहलकोटमा चुरे गुफालाई देखाइएको छ । अर्चलेलाई झरना तथा पर्यटकीय स्थल बन्न लागेको लेकडाँडालाई भिडियोमा उतारेको छ भने झिरुबासलाई निस्दीलाई चिनाउन सफल काउलेडाँडाको कबुलियती (अम्रिसो) लाई भिडियोमा उतारेकोछ भने उता बाकामलाङ्गलाई ‘बाँङामलाङ्ग’ र ठूलो पिपलबोटलाई चिनाएको छ ।
गल्धालाई विभिन्न मौलिक संस्कृतिको धरोहर भनेर चिनाएकोछ ।
गल्धामा विशेषगरेर घाटुनाचले प्रख्यात छ । त्यस्तै, सोरठी, ठूलो नाच (नचारी), सालैजो, झ्याउरे, ठाडो भाका तथा चुट्का नचाउने गरिन्छ । यता मित्याललाई हावाबाट निकालिएको विद्युतलाई देखाएको छ ।
सुनारी फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको यो प्रोमोशन भिडियो निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताएका छन् । बुद्धया सुनारीमगरको लेखन तथा निर्देशनमा बनेको यो प्रोमोशन भिडियोमा कलाकारहरु, धन माया दिसुवा, राज बयम्बु मगर, खेम शाही, झलक सारु, ङन सिंजाली मगर र दिपेश राईमगरले अभिनय गरेका छन् भने पुजा रास मगरको मुख्य भुमिका रहेको छ ।
स्थानीय कलाकारहरुको भूमिकालाई नै स्थान दिएको निर्देशक बुद्धया सुनारी मगरले बताएका छन् ।
देवेश राईको संगीत संयोजन तथा बुद्धया सुनारीमगरको शब्द संगीत रहेको छ भने दिपेन बस्न्यातले छायाँकन तथा सम्पादन गरेका छन् ।
भिडियाेमा…
याे पनि…
पाल्पा पयर्टनका लागि एक मात्र गन्तब्य “काउलेडाँडा” (समिश्रण भिडियाे)
आन्तरिक पर्यटकको लागि टर्निङ्ग पोईन्ट बन्दै ‘काउलेडाँडा’ (फोटोफिचर)