रामपुरमा नेपाल टेलिकमको उच्च गतिको फाइवर इन्टरनेट

बाेलीखबर   ४ श्रावण २०७९, बुधबार ११:३०

पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले रामपुर नगरपालिका अन्तर्गत रामपुर बजारका विभिन्न क्षेत्रमा फाइबर टु दि होम (एफटिटिएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा तिब्र रुपमा वितरण शुरु गरेको छ ।

कार्यालयले नेटवर्क सकेको पहिलो सातामै ५५ भन्दा बढ्री ग्राहकहरुको घरमा एफटिटिएच सेवा जडान गरिसकेको टेलिकमले जनाएको छ । हाल यो सेवा रामपुर बेझाडबजार चोक, श्रीनगरहोटल क्षेत्र, बाङ्गेपसल जाने बाटो, मटेरी जाने बाटो, बिजपुर लगायतका स्थानमा उपलव्ध भएको र किसानबारी, भम्बक, बाङ्गेपसल क्षेत्रमा पनि विस्तार गर्न लागिएको दुरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिएका छन् ।

हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउदै आएको छ । जसअन्तर्गत ग्राहकहरुले इन्टरनेट सेवा, टेलिभिजन सेवा र भ्वाइस सेवा तथा यी मध्ये कुनै आवश्यक सेवा पनि लिन सक्नेछन् ।

कम्पनीले निकै सस्तो दरमा ८ एविपिएस देखी १०० एमविपिएस क्षमता सम्मको इन्टटरनेट सेवा दिदै आएको प्रशासन सहायक दशरथ अस्लामीले बताए । अस्लामीले वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक सय मिटर सम्म अप्टिकल फाइबर केबुल र सिपिए-राउटर निशुल्क उपलब्ध गराइएको बताएका छन् ।

ग्राहकले एक महिने, तीन महिने र एक बर्षे एफटिटिएच प्याकेज लिन सक्नेछन् । आइपीमा आधारित एचडी टेलिभिजन समेत हेर्न सकिने भएकाले सेवाग्रही दैनिक बढिरहेको कार्यालयका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिएका छन् । साथै २५ एमबीपिएस भन्दा माथिका ब्याडविथ लिने ग्राहकले आफ्नो मोवाइलमा दैनिक ३०० एमबी डेटा निशुल्क पाउनेछन् ।

रेग्मीले ग्राहकलाई उच्च ब्यान्डविथ, भरपर्दो, गुणस्तरीय सेवा र सुरक्षित नेटवर्कको आवश्यकता पूरा गर्न नेपाल टेलिकमले नेक्स्ट जेनरेशन नेटवर्क (एनजिएन) टेक्नोलोजीमा आधारित फाइबर टू दि होम (एफटीटीएच) सेवा ल्याएको हो । यस सेवामा, परम्परागत कपर नेटवर्कको सट्टा अप्टिकल फाइबर प्रयोग गरिएको छ । ग्राहकले १ एमबीपीएस देखि १०० एमबीपीएस सम्मको तिव्र गतिको ब्रोडब्याड इन्टरनेट सेवाको साथै आईपीमा आधारित भ्वाइस सेवा र आइपीटिभी सर्भिस् लिन सक्नेछन् ।

यता जिएसएम मोवाईल तर्फ फोरजीका ग्राहक पनि बढिरहेका नेपाल टेलिकम पाल्पाका इन्जिनियर बिशाल भण्डारीले जानकारी दिएका छन् । भण्डारीले फोरजी डाटा चलाउन १०० रुपैयाँमा ४ जिबि र २०० रुपैयाँमा १० जिबि डाटा साथै पोष्टपेड तथा प्रिपेडमा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध भएकाले पनि फोरजी प्रयोगकर्ता बढेको जनाएकोछ ।