
पाल्पा । सिद्धबाबा धाममा साउन १७ देखि २७ सम्म शिब पुराण तथा पर्यटन महोत्सव गर्ने भएकाे छ ।
बुधबार सिद्धाबाबा धाम भुजातमा वडा न ८ का वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भेलाले उत्त निर्णय गरेकाे हो ।
भेलाका प्रमुख अतिथि काली गण्डकी तिर्थ क्षेत्र नेपालका अध्यक्ष एवम अभियानता नबिन पाण्डे रहनु भएको थियो । प्रमुख अतिथि पाण्डेले कालीगण्डकी हाम्रो सभ्यता सम्पदा र धरोहर हो यसको संरक्षण सम्बर्द्धन गर्दै लानु पर्छ भन्न्नु भएको छ । उहाँले कालीगण्डकीका किनारमा थुप्रै धार्मिक स्थलहरु रहेको जिकिर गर्दै यिनिहरुलाइ पर्यटन सङ्ग जोड्ने र हाम्रो सस्कृति सभ्यता बचाउनु पर्दछ उहाँले थप्नु भएको छ ।
भेला बाट बाबुराम अर्यालको सम्योजकत्वमा ८१ सदस्यीय मुल आयोजक तयारी समिति गणन गरिएको छ । जसको सह सम्योजक हरि प्रसाद अधिकारी सचिब पिताम्बर बस्याल सह सचिब शिब प्रसाद अधिकारि र कोषाध्यक्ष बिश्व नाथ भट्टराई रहनु भएको छ ।
भेलाले विभिन्न उपसमिति निर्माण गरेको छ । जसमा प्रचार प्रसार तथा अतिथि सत्कार सम्योजक त्रिलोचन अधिकारी , मंच व्यवस्थापन प्रकाश अधिकारी , भान्सा व्यवस्थापन सम्योजक भगवान अधिकारी, स्वास्थ सम्योजक शुभाश अधिकारी , स्वयंसेवक सम्योजक बिश्व भट्टराई , धारापानी बिजुली अन्य व्यबस्थापन संयोजक बिष्णु प्रसाद पोखरेल रहनु भएको छ ।
भेलामा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि , संघ संस्था , समुह क्लब स्थानीय बासीको उपस्तिथि रहेको थियो ।