
काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न कार्यसूचीहरू छन् ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची पनि तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत सम्भावित कार्यसूची छ ।