
पाल्पा । रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ भने १७ जना घाइते भएका छन् । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजे बस दुर्घटना भएको हो ।
२२ जना चढेकाे भनिएपनी थप मानिस पछी चढेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे तानसेन स्थित यूनाईटेड मिसन अस्पतालमा उपचार भईरहेकाे छ ।
बुर्तिबाङबाट बुटवल जाँदै गरेकाे बस दुर्घटना भएकाे स्थानीय रन्जिव कुँवरले जानकारी दिनुभयाे । स्थानीयबासीका अनुसार धेरैजना परेकाे हुन सक्ने आशंका गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।