रामतुलसी माध्यमिक विद्यालयमा नयाँ चमेना घर सुचारु

बाेलीखबर   १७ श्रावण २०७९, मंगलवार १७:१८

पाल्पा । रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा निर्माण भएको चमेना गृहको उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको लुम्बिनी प्रदेश सभा सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगर प्रमुख रमणबहादुर थापाले संयुक्त रुपमा उद्घाटन  गरेकाे हो । भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य खनालले विद्यालयमा रहेको चेमना गृहमा विद्यार्थीले सुलभ मुल्यमा सेवा पाउनुपर्ने बताएका छन् । खनालले यस विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा राम्रो प्रगति गरेको बताएका थिए ।

नयाँ बनेको चमेना गृहमा करिव २०० जनाले एकै पटकमा बसेर खाजा खाने व्यवस्था रहेको छ । जनप्रतिनिधि, नगरमा क्रियाशिल राजनैतिक दल, शिक्षासेवी, सामाजिक व्यक्तित्व, पत्रकार लगायतको उपस्थितीमा चमेना गृहको उद्घाटन गरिएको हो ।

रामपुर नगर प्रमुख रमणबहादुर थापाले स्थानीय स्तरमा पाइने अर्गानिक वस्तुबाट विभिन्न परिकारको सेवनले बालबालिकालाई राम्रो गर्ने हुदा स्थानीय वस्तुको प्रयोगमा जोड दिनुपर्ने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गरेका थिए ।