सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्जुदेवी परियार   २५ श्रावण २०७९, बुधबार १७:४१

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिती को आयोजनामा सातौं सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगपालिकामा आज सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिति अध्यक्ष मित्रा ढकालको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। राम्चे सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा भएको कार्यक्रमको राम्चे हल भ्युटावर परिषरमा धुपिको बिरुवा रोपेर उद्घाटन गरिएको थियो भने पिपल अन्य जातका बिरुवा हरु समेत वृक्षरोपण गरिएको थियो।

सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर समिति सदस्य इस्वरी खनालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ ,ईलाका प्रशासन कार्यालय प्रमुख भगवानभक्त अर्याल ,इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा , सब वन डिभिजन कार्यालय प्रमुख सुजन राजभण्डारी , हेमवन्ती नेपाल केन्द्रिय सदस्य दुर्गा देबि राना , रामपुर नगरपालिका वडा न ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेल , सम्पुर्ण सामुदायिक वनको तर्फबाट रानिवन तथा बडभान सामुदायिक उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर पोखरेल , राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयाराम गैरे लगाएतले आ- आफ्ना भनाइ हरु राख्नुभएको थियो भने कार्यक्रममा निरन्तर रुपमा वनका विभिन्न क्रियाकलापमा सहाभागिता जनाइ टेवा पुर्याउनुभएका महासंघमा आवद्ध ब्यक्तित्व, आमा समूह र पत्रकार इमान सिं रानालाई सम्मान गरेको थियो ।

सामुदायिक वनमा आवद्ध उपभोक्ताले संरक्षण गरिएका वन एउटा ब्यक्तिलाइ २०/३० बर्षको लागि भाडामा दिइएको छ , बर्सौ सम्म दुख गरि स्थापित गरिएका सामुदायिक वन यसरी भाडामा बिक्री गर्नु भनेको वन संरक्षणमा लागी परेका उपभोक्ता लाई मारमा पार्नु हो र यो प्रक्रिया भोलि हाम्रो तिर पनि आउन सक्छन त्यसैले सजग भइ निरन्तर रुपमा लागिपरिरन कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले आग्रह समेत गर्नुभएको थियो। सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध रामपुर नगरपालिका भित्रका सामुदायिक वनका कार्यसमिति , प्रतिनिधिको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रमको सन्चालन सामुदायिक वन उपभोक्ता महासंघ रामपुर सचिब लक्ष्मी थापा क्षेत्रीले गर्नुभएको थियो ।