जनैपूर्णिमा र गाईजात्रा एकैदिन

बाेलीखबर   २६ श्रावण २०७९, बिहीबार १०:२७

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेट देखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

समितिका अनुसार भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाध्न मिल्ने उनले बताए । नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ ।