रामपुरमा निकालियो गाईजात्रा ! (तस्बिरमा)

बाेलीखबर   २९ श्रावण २०७९, आईतवार ११:३४

पाल्पा । रामपुरमा शनिबार गाईजात्रा निकालिएको छ । नेवार समुदायमा प्रचालित गाईजात्रा यस वर्ष अधिकांश स्थानमा तिथीको कारण शुक्रबार नै गाईजात्रा निकालिए पनि पाल्पाको रामपुरमा भने शनिबार गाईजात्रा निकालिएको छ ।

रामपुरमा भने जनैपूर्णिमा मनाएको भोलि पल्ट जात्रा निकालिने प्रचलन अनुसार शुक्रबार साईत निकालेर शनिबार जात्रा निकालिएको नेवा : समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले जनाएको छ । यस वर्ष दिवंगत भएका घर बाट आफन्तहरुले गाईजात्रा निकालेका थिए । रामपुर क्षेत्रका विभिन्न स्थानमा बाट निकालिएको गाईजात्रा बेझाँड बजार परिक्रमा पछि चोकमा प्रदर्शन गरिएको थियो ।

गाईजात्राको दिन एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरू गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने चलन रहेको छ ।

तस्बिरः प्रेमकान्छा मगर