
काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभामा छलफलका क्रममा रहेको नागरिकता विधेयकको विरोधमा नेमकिपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिले १५ बुँदे सन्देशसहित पठाएको विधेयक सत्तारुढ गठबन्धनले जस्ताको तस्तै प्रतिनिसिभामा प्रस्तुत गरेको छ ।
उक्त विधेयकमाथि संसदमा छलफल जारी छ । बिहीवार नै छलफल सकेर प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ । उक्त नागरिकता विधेयकका प्रावधानहरू राष्ट्रको हितविपरीत भएकाले विरोध प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ ।