तानसेनका निवर्तमान नगर प्रमुख तथा उप प्रमुख नेकपा एसमा प्रवेश

बाेलीखबर   ५ भाद्र २०७९, आईतवार १५:०२

पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका हुन् ।

शाही र पाठक सहितका नेताहरु एसमा प्रवेश गरेका छन् । उनीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकाल्दै नेकपा एमालेबाट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै पार्टी परित्याग गरिएको बताएका छन् । पार्टी प्रवेश गर्नेहरुमा तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही, निवर्तमान उप प्रमुख लक्ष्मीदेवी पाठक सहित अन्य नेताहरु प्रवेश गरेका हुन् ।