
पाल्पा । नेकपा एमालेका पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य दल बहादुर रानाले एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको बताएका छन् । रानाले रामपुर नगर कमिटी पाल्पाले सोमबार अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रम पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको अहिलेको सरकार मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको आरोप लगाएका छन्
रानाले एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’ भन्दै उनले जनताको मन जितेर अब चुनाब जित्नु पर्छ भन्दै जबजको व्याख्या गरेका थिए ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको छ। देश र जनताको समृद्धि सुसाशन र आम निर्वाचनका बिषयमा कार्यकर्तालाइ मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उनले आरोप लगाएका थिए । नगर उपाध्यक्ष तोयानाथ सारुको स्वागतबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा कार्यक्रमको बारेमा जानकारी जिल्ला उपाध्यक्ष देबिलाल लामिछानेले गरेका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य नारायण आचार्य, युबराज खनाल र पेशागत तथा कानुन व्यावसायिक महासंघका उप महासचिब शिब अर्याल लगायतले आफ्ना आफ्ना बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा पुर्बि पाल्पाका रामपुर भित्रका प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तहका नेता र कार्यक्रमको उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्सालले उपस्थितलाइ धन्यवाद ज्ञापन गरेका थिए भने नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मीको अध्यक्षतामा र सचिब कृतिनाथ श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियाे ।