
संघर्ष र सफलताका कथा लेखन सीप सम्बन्धि दुई दिवसीय तालिम पाल्पाकाे तानसेनमा बिहिवार सम्पन्न भयाे । तालिममा एक दर्जन स्थानीय सहजकर्ताहरुकाे सार्थक सहभागिता रहेकाे थियाे ।
साहित्यकार एवम् लेखक दलबहादुर गुरुङले संघर्ष र सफलताका कथा लेखन सीप,यसकाे आवश्यकता,महत्व,खाँचाे र समाजमा पार्न सक्ने प्रभावका बारेमा सहजीकरण गरेका थिए । साथै उनले समाजमा संघर्ष गरि आर्थिक उन्नति,सामाजिक प्रगति एवम् आत्मिक सन्तुष्टिसँगै सफलता हासिल गरेका ब्यक्तिहरुकाे कथा लेख्दा गतिलाे सन्देश प्रवाह हुने बताए ।
सामाजिक स्राेत विकास केन्द्र,नेपालका टीमलिडर चाेपलाल गिरीले संघर्षशील एवम् सफलता प्राप्त गरेका उद्यमी, व्यवसायीहरु हाम्रा समाजमा यथेष्ट रहेपनि उनीहरुका कथा लेख्ने लेखकहरुका अभावले समाजमा उदाहरणीय ब्यक्तित्वहरु ओझेल परेकाे हुँदा आफ्नाे संस्थाले एक्सन एड संस्थाकाे स्थानीय अधिकार कार्यक्रम अन्तर्गत रहेर साे तालिमकाे आयाेजना गरेकाे बताए ।
सहभागीहरुले तालिमबाट संघर्ष र सफलताका कथाहरु लेख्ने आईडिया प्राप्त भएकाे र लेख्न सकिन्छ भन्ने विश्वास पलाएकाे बताए । सहभागीहरुका तर्फबाट गाेपाल कुमाल,मानबहादुर सारु,भावना क्षेत्री,माेती राना लगायतले कथा लेखन सीप प्रभावकारी र कार्यान्वन गर्न सकिने सुनाए ।