
बन्दना पोखरेल मंसिर २५
आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।म हिंसा गर्दीन हिंसा सहन्न महिला तथा बालिका विरूद्ध कहिले हिंसा गर्दीन, महिला तथा बालिका विरूद्ध हुने हिंसाको कहिले उपेक्षा गर्दीन जस्ता नाराले सभाहल गुन्जाउदै सुरू भएको कार्यक्रम रामपुर नगरपालिकालिकाको आयोजनामा भएको हो । कार्यक्रमको उद्घघाटन नगर प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो । नगर प्रमुख थापाले कार्यक्रम उद्धघाटन र्गनु हुदै जनचेतना र शिक्षाले लैङ्गिक हिंसा कम गर्न सकिने बताउनु हुदै , सहभागीबाट आयको सुझाव सङ्कलनलाई समेटेर लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि ऐेन, नियम बनाउने प्रतिबद्धता जायर गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता गरीरहनु भएको नगर उपप्रमुख विष्णु देवि घिमीरे आचार्यले देशमा पछिल्लो समय हत्या हिंसा मौलाउदै गएको अवस्थामा पिडित व्यक्तिले सम्बन्धित निकायमा गुहार्न पनि नसकिरहेको अवस्था रहेको बताउनुभएको छ । उहाँले कोहि व्यक्ति हिंसामा परेको छ भने न्यायिक समितिमा समस्या बताउन आग्रह गर्दै गोपनियता भङ्ग नगर्ने गरि समस्याको समाधानमा लाग्ने बताउनुभयो ।

महिला सहायक विकास निरिक्षक सिर्जना रेग्मीको स्वागतबाट सुरु भएको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेयले लैंगिक हिंसाका सम्बन्धमा, नगर स्वास्थ्य अधिकृत तिर्थप्रसाद ढुंगानाले स्वास्थ्य सम्बन्धि कार्यपत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा नगरपालिकाका सल्लाहकार देवराज ढकालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फ बाट नगर सचिव दामोदर पाठक नेपाल महिला संघ नगर सभापति शारदा आचार्य लगाएतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रम लैङ्गिक हिंसा न्युनिकरण गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि विभिन्न क्षेत्रमा कार्यरत सहभागीले आ आफ्नो क्षेत्रबाट गर्न सकिने प्रतिबद्धता जनाउनुभएको छ । वडा अध्यक्षको तर्फबाट हुमनाथ न्यौपाने, कार्यपालिकाको तर्फबाट दुर्गादेवि भण्डारी गौतम, वडा सदस्यको तर्फबाट माया नेपाली,संघ संस्थाको तर्फबाट इश्वरीदेवि खनाल, पत्रकारको तर्फबाट बन्दना पोखरेल, युवाको तर्फबाट लायन्स क्लब अफ रामपुरका अध्यक्ष पुर्सोत्तम केसि,महिला जनप्रतिनिधिबाट मिठ्ठु सुनार, मेलमिलापकर्ताको तर्फबाट सन्जु परियार, कर्मचारीको तर्फबाट हृदयेश त्रिपाठी, अपाङ्गता संघ नगरको तर्फबाट घनश्याम कंडेल लगायतले आ आफ्नो क्षेत्रबाट गर्न सकिने प्रतिबद्धता राख्नुभएको छ । महिला विकास सहायक निरिक्षक पुजा परियारले कार्यक्रमको संचालन गर्नुभएको हो । होटल नमस्तेमा सन्चालन भएको कार्यक्रममा सवैले हिंसा नगर्ने विषयमा प्रतिबद्धता जनाउदै हस्ताक्षर समेत गर्नु भएको छ ।

नाेबेम्वर २५ अर्थात मंसीर १० गते देखि लगातार बिभिन्न कार्यक्रम गर्दै र बिभिन्न दिबसहरू मनाउदै अाज अन्तराष्ट्रिय मानब अधिकार दिवसका दिन अभियान समापन गरीएकाे छ ।