माथागढीमा छोराद्धारा बुबाको हत्या

बाेलीखबर   १२ भाद्र २०७९, आईतवार ११:४५

पाल्पा ।  माथागढी गाउँपालिका वडा-४, झडेवामा छोराले आफ्नै बुबाको हत्या गरेको छ।
माथागढी गाउँपालिकाको वडा नं.- ४, झडेवाको नेटामा बस्दै आएका बर्ष ४५ का तिल बहादुर दिसा मगरलाई आफ्नै छोराले काठको लौरो प्रयोग गरि शनिबार साँझ करिब ८ बजेको समयमा सामान्य घरायसी झगडाका कारण बुबाको हत्या गरेकाे  जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएकाे छ ।

प्रहरीका अनुसार छोरा मानसिक रोगी रहेको र बुबा तिल बहादुर पनि अपाङ्ग रहेको बताइएको थियो।
छोराले बुबालाई यो भन्दा अगाडि पनि हत्याको लागि आक्रमण गर्नुका साथै घरमा आगो लगाउने जस्ता घटना गरेको समेत त्यहाँका स्थानीयले बताएका छन् छोरालार्इ अहिले थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेको जनाएकाे छ।